न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
पर्सा - जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले गएको आर्थिक वर्ष २०७५/०७६ मा एक करोड ६४ लाख रुपैयाँ जरिवाना संकलन गरेको छ ।
ट्राफिक नियम विपरित सञ्चालन गरिएका विभिन्न सवारी साधन कारवाही गर्दा १ करोड ६४ लाख ८१ हजार रुपैयाँ जरिवाना संकलन गरिएको ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक राजकुमार सिंहले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७४/०७५ भन्दा झण्डै ७ लाख बढी जरिवाना संकलन भएको पनि उहाँले बताउनुभयो । त्यो आर्थिक वर्षमा १ करोड ५७ लाख ११ हजार रुपैयाँ संकलन भएको थियो ।
गएको आर्थिक वर्षमा ठूला मालवाहक ट्रकले सबैभन्दा बढी ट्राफिक नियम उल्लंघन गरेको पनि तथ्यांकले देखाएको छ । त्यसपछि भने मोटरसाइकल, ट्याक्टर, टेम्पो, जीप र बस ट्राफिक नियम पालना नगर्नेमा रहेको तथ्यांकले देखाउँछ ।
एक वर्षमा १२ हजार ३ सय ४३ वटा ट्रक ट्राफिक नियम पालना नगर्दा कारबाहीमा परेका छन् । कारबाहीबाट ७७ लाख ३५ हजार ५ सय रुपैयाँ जरिवाना संकलन भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै ४ हजार ४ सय ३९ वटा मोटरसाइकलमा गरिएकाे कारबाहीबाट ४७ लाख ४ हजार रुपैयाँ जरिवाना संकलन भएको छ । यही अवधिमा ३ हजार ४ सय ६९ ओटा टेम्पोलाई गरिएकाे कारबाहीबाट ३७ लाख ९२ हजार ५ सय रुपैयाँ जरिवाना संकलन भएको ट्राफिक प्रहरी कार्यालय पर्साको तथ्यांकमा उल्लेख छ ।
यो एक वर्षमा ३ हजार ७ सय ३७ ट्याक्टर कारबाहीमा परेका छन् । त्यसबाट ११ लाख ६७ हजार ५ सय रुपैयाँ संकलन भएको छ । १ हजार ६ सय ३८ वटा जीप कारबाहीमा पर्दा ९ लाख ३८ हजार ५ सय राजश्व संकलन भएको छ ।
बसले सबैभन्दा कम ट्राफिक नियम उल्लंकन गरेको देखिएको छ । एक वर्षको अवधिमा जम्मा ९ सय ४३ वटा बस ट्राफिक नियम उल्लंघन गरेकोमा कारबाहीमा परेका छन् । त्यसबाट ६ लाख ७ हजार ५ सय रुपैयाँ संकलन भएको छ ।
ट्राफिक लेन विपरित सवारी सञ्चालन गर्ने, सवारी अनुमति पत्र तथा सवारी धनी पुर्जा विना सवारी सञ्चालन गर्ने, मादक पदार्थ सेवन गरेर सवारी सञ्चालन गर्ने, जथाभावि पार्किङ गर्ने जस्ता ट्राफिक नियम विपरीतका काममा ट्राफिक प्रहरीले कारबाही गर्ने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।