न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
ललितपुर – ललितपुरको जावलाखेलमा रहेको तरकारी बजारका टहरा डोजर लगाएर हटाइएको छ ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा स्टाफ कलेज नजिकैका ५२ ओटा टहरा भत्काएको ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले जानकारी दिनुभयो ।
२४ वर्षदेखि सार्वजनिक जग्गामा त्यहाँ तरकारी, फलफूल, खाजा पसल, माछा पसललगायतका विभिन्न पसल सञ्चालनमा थिए । २०५२ सालदेखि त्यहाँ पसल खुल्न थालेको र विस्तारै बढ्दै गएको प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताउनुभयो ।
उहाँले त्यहाँका व्यापारीलाई आ– आफ्नो सामान हटाउन शनिबारसम्मको समय दिइएको पनि बताउनुभयो । टहरा भएका ठाउँमा अब बगैँचा बनाइने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।