न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डौ - नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार पनि महाधिवेशनको कार्यतालिका बनाउने विषयमा छलफल भएको छ ।
बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा नेताहरुले पार्टी विधानको धारा ७२ को उपधारा ४ अनुसार पार्टीको संगठनको अन्तरिम व्यवस्थाअनुसार गठन गर्ने र महाधिवेशनको कार्यतालिका बनाएर अघि बढ्ने विषयमा आफ्ना धारणा राखिरहेका छन् ।
शुक्रबार कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा.मिनेन्द्र रिजाल, एनपी साउद, जीवनबहादुर शाहीले आफ्ना धारणा राख्नुभएको थियो ।
यस्तै धनराज गुरु, महेन्द्र यादव, बद्री पाण्डे, पार्वता डीसी चौधरी, श्यामकुमार घिमिरे र रामकृष्ण यादव गरी ११ जना केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
नेताहरुले पार्टीको अन्तरिम संरचना मनोनित गर्ने वा निर्वाचनबाट गर्ने भन्ने विषयमा आफ्ना धारणा राखेका थिए । यस्तै महाधिवेशन तोकिएकै समयमा गर्नुपर्नेमा अधिकांश सदस्यहरुले धारणा राखेको बैठकमा सहभागी केन्द्रीय सदस्य प्रदीप पाैडेलले जानकारी दिनुभयाे ।
बैठक आइतबार दिउँसो १ बजे पुनः बस्नेगरी शुक्रबारको बैठक सकिएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।