रसुवाबाट १ अर्ब २३ करोड रुपैयाँ बजेट फिर्ता

 साउन ११, २०७६ शनिबार ६:३१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – आर्थिक वर्ष २०७५/७६ मा जिल्लाबाट १ अर्ब २३ करोड ३० लाख ३ हजार ५ सय ६६ रुपयाँ बजेट फिर्ता भएको छ ।

फिर्ता हुनेमा भूकम्पपछिको पुनर्निर्माणका लागि आएको बजेट बढी छ । जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार र जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) आएको बजेट खर्च हुन नसकेको हो ।

आर्थिक वर्ष २०७५/७६ का लागि संघ तथा प्रदेशबाट ४ अर्ब २६ करोड २ लाख ६९ हजार ३ सय ८० रुपयाँ आएको थियो । जसमध्ये ३ अर्ब २ करोड ७२ लाख ६५ हजार ८ सय १४ रुपयाँ खर्च भएको छ ।

संघअन्तर्गत पूँजीगततर्फ आएको ५५ करोड ८४ लाख ३२ हजारमध्ये ४२ करोड ४० लाख ३७ हजार ४ सय ५७ रुपयाँ खर्च भएको छ । त्यसैगरी चालुतर्फ आएको ३ अर्ब ३३ करोड २५ लाख ३८ हजार ९ सय ८० रुपयाँमध्ये २ अर्ब ४३ करोड ३६ लाख ६८ हजार ६ सय ३३ रुपयाँ खर्च भएको छ । संघअन्तर्गतका कार्यालयको चालुतर्फ ७३ प्रतिशत र पूँजीगततर्फ ७५.९ प्रतिशत खर्च भएको छ ।

प्रदेशअन्तर्गत पूँजीगततर्फ आएको २९ करोड ३१ लाख ९३ हजार ९ सय रुपयाँमध्ये १० करोड ५४ लाख ३६ हजार १ सय ९६ रुपयाँ मात्रै खर्च भएको छ । त्यसैगरी चालुतर्फ आएको ७ करोड ६१ लाख ४ हजार ५ सयमध्ये ६ करोड ४१ लाख २३ हजार ५ सय २८ रुपयाँ खर्च भएको छ । 

प्रदेश न्तर्गतको कार्यालयको चालुतर्फ ८४.२५ प्रतिशत र पूँजीगततर्फ ३५.९६ प्रतिशत खर्च भएको छ ।

जिल्लामा विकास निर्माणमा काम गर्ने कार्यालय नहुनु, बजेट ढिलो आउनु तथा आर्थिक वर्षको अन्त्यतिर मात्रै कार्यक्रम आउने कारण रकम खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रकको कार्यालय रसुवाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया