एट्लेटिकाे मड्रिडसँग रियल मड्रिडकाे लज्जास्पद हार

 साउन ११, २०७६ शनिबार ८:२६:० | एजेन्सी
unn.prixa.net

इन्टरनेसनल च्याम्पियन कप अन्तर्गत रियल मड्रिडले एट्लेटिको मड्रिडसँग लज्जास्पद हार बेहाेरेकाे छ ।

न्यू जर्सीस्थित मेटलाइट स्टेडियममा शनिबार बिहान भएको खेलमा रियल मड्रिड एट्लेटिको मड्रिडसँग ७–३ गोल अन्तरले पराजित भएको हो । जसका कारण प्रशिक्षक जिनेदिन जिदानमाथि चुनौती थपिदिएको छ । एट्लेटिकोले पहिलो हाफमा ५ गोल गरेको थियो । दोस्रो हाफमा २ गोल थप्दा ३ गोल खान पुग्यो ।

एट्लेटिकोका लागि डिएगो कोस्टाले ह्याट्रिकसहित ४ गोल गरे ।

कोस्टाले खेल सुरु हुनेबितिक्कै हवो फ्लिक्सको पासमा गोल गरेका थिए । आठौं मिनेटमा साउलको पासमा फ्लिक्सले गोल गरे ।

१९औं मिनेटमा एंगल कोरेयाले गोल गर्दै एट्लेटिकाेलाई ३–० को अग्रता दिलाए । २८औं मिनेटमा कोस्टाले व्यक्तिगत दोस्रो गोल गरे ।

४५औं मिनेटमा एट्लेटिकोले पेनाल्टी पायो । त्याे पेनाल्टीलाई कोस्टाले गोलमा परिणत गर्दै ह्याट्रिक पूरा गरे । यस्तै पहिलो हाफमा जावो फिलेक्सले ८ औं र  एन्जेल कोरेयाले १९ मिनेटमा गोल गरेका थिए । पहिलो हाफमा ५ गोलले पछि परेको रियल मड्रिडले दोस्रो हाफमा ३ गोल फर्कायो भने अरु २ गोल खान पुग्याे ।

पहिलो हाफमा ह्याट्रिक गरेका कोस्टाले ५१ औं मिनेटमा व्यक्तिगत चौथो तथा टिमका लागि छैटौं गोल गरेका थिए । रियल मड्रिडका लागि नाचोले ५९ औं मिनेटमा एक गोल फर्काए । ७० औं मिनेटमा एट्लेटिकोका लागि भिटोलोले गोल गर्दै फराकिलो जिततर्फ अग्रसर गराए ।

तर मड्रिडका लागि पेनाल्टीमा करिम बेन्जिमाले ८५ औं र जाभिएर हर्नान्डेजले ८९ औं मिनेटमा गोल गर्दै खेलको नतिजा ७–३ मा  झारेका थिए ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया