नेपालमा हेपाटाइटिस ‘बी’ नियन्त्रणमा आएकाे विश्व स्वास्थ्य संगठनकाे पुष्टि

 साउन १२, २०७६ आइतबार २०:२४:४ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपाल, बंगलादेश, भुटान र थाइल्याण्डले  हेपाटाइटिस ‘बी’ नियन्त्रणमा ल्याएर स्वास्थ्य  क्षेत्रमा नयाँ उपलब्धि हात पारेका छन् ।

सुषुप्त मृत्यु रोगका रुपमा  रहेको हेपाटाइटिस बी लाई पाँच वर्षसम्मका बालबालिकामा १ प्रतिशत भन्दा कममा परिणत गरी नेपाललगायतका यी देशले नियन्त्रणमा ल्याएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । 
हेपाटाइटिसको खोप बालबालिकालाई निःशुल्क उपलब्ध हुने गर्दछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यस खोपको पहुँच ९० प्रतिशत भन्दामाथि रहेको छ ।  खोपले बालबालिकामा डरलाग्दो सङ्क्रमण, कलेजोको क्यान्सर तथा सिरोसिसको जोखिम घटाउने चिकित्सकहरुले जनाएका छन् ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया