१४ खर्बको किन्दा जम्मा ९७ अर्बको मात्रै बेचियो, तरकारी किन्न मात्रै २८ अर्ब रुपैयाँ बाहिरियो

 साउन १३, २०७६ सोमबार १२:२०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गएको आर्थिक वर्षमा नेपालको व्यापार घाटा १३ खर्ब रुपैयाँभन्दा धेरै पुगेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा नेपालले १४ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँको सामान आयात गरेकोमा जम्मा ९७ अर्ब १० करोड रुपैयाँको सामान निर्यात गरेको छ । नेपालको व्यापार घाटा १३ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७४/७५ मा नेपालको व्यापार घाटा ११ खर्ब ६३ अर्ब रुपैयाँ रहेको थियो ।

गएको वर्ष नेपालले २ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ भने ९१ अर्ब १५ करोड रुपैयाँको गाडी र ५१ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । हरिया तरकारी र फलफूलको आयात पनि चुलिएको छ । गएको वर्ष २८ अर्ब रुपैयाँको तरकारी आयात भएको छ ।  

हवाई जहाज र र पाटपूर्जाको आयात पनि आयात हुने मुख्य वस्तुको सूचीमा परेको छ ।

भन्सार विभागका अनुसार सबैभन्दा धेरै व्यापार घाटा भारतसँग हरेको छ । गएको वर्ष नेपालले भारतबाट ९ खर्ब १७ अर्ब ९२ करोड रुपैयाँको  वस्तु तथा सेवा आयात गरेको छ  । तर निर्यात भने जम्मा ६२ अर्ब रुपैयाँको मात्रै भएको छ ।

भारतसँगको व्यापार घाटा ८ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । यस्तै चीनसँगको व्यापार घाटा पनि २ खर्ब रुपैयाँ नाघेको छ । चीनबाट गएको २ खर्ब ५ अर्ब ५१ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएकोमा जम्मा २ अर्ब १० करोड रुपैयाँको मात्र निर्यात भएको छ ।

नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा पोलिष्टर तथा अन्य धागो, पाम आयल, ऊनी गलैंचा, फलाम तथा स्टील र तिनका उत्पादनहरु, तयारी पोशाक, जुट तथा जुटका सामानहरु, जुस, अलैंची, कपडा, चिया, पश्मिना सल रहेका छन् ।

अन्तिम अपडेट: फागुन १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया