संसदमा राजपा र कांग्रेसकाे नाराबाजी

 साउन १३, २०७६ सोमबार १३:३७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  प्रतिनिधिसभाको बैकठमा नेपाली कांग्रेस र राजपाका सांसदहरुले 'संसदीय सर्वोच्चता कायम गर' भन्दै नाराबाजी गरिरहेका छन् । 

बैठकको सुरुमै उभिएर विरोध जनाएका उनीहरु सभामुखले कार्यसूची अगाडि बढाउने भन्दै शून्य समयको कार्यसूची अघि बढाएपछि सांसदहरुले रोष्ट्रम अगाडि आएर नाराबाजी गरेका हुन् । सांसदहरुले नाराबाजी गरेपछि अहिले संसद सचिवाललयबाट दिइने श्रव्यदृश्य सामग्रीमा नाराबाजीको अडियोलाई बन्द गरिएको छ । तर नाराबाजी भने जारी छ ।

असार २५ गतेको बैठकमा नेपाली कांग्रेस र राजपाका सांसदहरुले सर्लाहीका विभिन्न ३ छुट्टाछुट्टै घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दे रोष्ट्रममा नाराबाजी गरेका थिए ।

विरोधका बाबजुद सभामुखले कार्यसूची अगाडि बढाउदै सचिव गोपालनाथ योगीलाई राष्ट्रियसभाबाट प्राप्त सुझाव बढ्न अनुमति दिनुभएको थियो । त्यसपछि अर्को बैठक असार ३० गते अपरान्ह १ बजेका लागि बैठक बोलाइएको थियो । संघीय संसद सचिवालयले बाढी पहिरो र डुबान प्रभावित क्षेत्रमा राहतमा आवश्यक सहयोग, समन्वय एवं अनुगमन समेत गर्नका लागि सांसदहरु आ-आफ्नो क्षेत्र र जिल्लामा जान समय दिनुपर्ने भएको भन्दै सूचना टासेर ८ गतेलाई सारेको थियो ।

साउन ८ गते भने बाढी पहिरोसम्बन्धी विशेष प्रस्तावमाथि छलफल भएको थियो ।

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Sujan Lamsal

    July 29, 2019, 2:10 p.m.

    निश्चय नै सरकार सत्ता पक्षको सदन प्रतिपक्षको हुन्छ भन्छन, सरकारले गरेका काम कारबाहिको बिरोध अथबा समर्थन गर्ने भनेकै सदनमा हो । नेपाली जनताको चहाना भनेको सरकारमा वस्नेले राम्रो काम गरुन र प्रतिपक्षमा वस्नेले खबरदारी गरुन भन्ने नै हो । फेरी पनि टाउकाको मुल्य तोकिनु हुँदैन, निर्दोश जनता मारिनु हुँदैन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया