न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डाै - नेपाली कांग्रेस र राजपाका सांसदहरुको नाराबाजीका कारण प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएकाे छ ।
नेपाली कांग्रेस र राजपाका सांसदलाई आसन ग्रहणका लागि पटक पटक आग्रह गरेपनि नाराबाजी गर्ने क्रम जारी रहेपछि सभामुख महराले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गर्नुभएको हो ।
सभामुख कृष्ण बहादुर महराले प्रतिनिधिसभाको सोमबारको बैठक सुरु भएको जानकारी गराउनेबित्तिकै नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदहरुले उभिएर विरोध जनाएका थिए ।
सर्लाही घटनाको छानबिनका लागि संसदीय छानविन समिति गठन गराउन माग गर्दे आएका उनीहरुले त्यही मागबारे ध्यानाकर्षण गराउन उभिएको भए पनि सभामुख महराले बैठकको कार्यसूची अगाडि बढाउने जानकारी गराउँदै ‘शून्य समयको कारबाही सुरु हुन्छ’ भने पछि दुवै दलका सांसदहरु नाराबाजी गदै रोष्ट्रम घेराउ गर्न पुगेका थिए ।
उनीहरुले 'संसदीय सर्वोच्चता कामय ग'र, 'मानवअधिकार हनन गर्न पाइँदैन', 'लाल आयोगको प्रतिवेदन सार्वजनिक गर' भन्दै रोष्ट्रम अगाडि नाराबाजी गरे ।
संसदीय छानबिन समिति गठनको माग गर्दै बैठक अवरुद्ध पार्दे आएका राजपा र नेपाली कांग्रेसका सांसदहरुको नाराबाजी र अवरोधका बीच गत असार २५ गते सभामुख महराले सचिव गोपालनाथ योगीलाई राष्ट्रियसभाबाट प्राप्त सुझाव पढ्न समय दिएर कार्यसूची अघि बढाउनुभएको थियो ।
त्यसपछि ३० गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर साउन ८ गते सम्मका लागि सारिएको थियो । नेपाली कांग्रेस र राजपाका सांसदहरुले ८ गते भने बाढी पहिरोका सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका लागि बैठक संञ्चालन गर्न सहमति जनाएका थिए ।
उनीहरुले संसदीय छानबिन समिति गठन नभए सोमबारको बैठक चल्न नदिने पूर्व सूचना पनि दिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।