न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
कैलाली – गोदावरी नगरपालिका– ५ मा छोराले बुवाको हत्या गरेका छन् । बर्बाटाका ३० वर्षीय रामसिंह कुमालले चिर्पटले हानेर ६० वर्षीय बुवा अम्बर कुमालको हत्या गरेका हुन् ।
आइतबार राति घरायसी विवादका क्रममा छोराले चिर्पट प्रहार गर्दा उहाँको ज्यान गएको प्रहरीले जनाएको छ । चिर्पट प्रहारबाट गम्भीर घाइते भएका अम्बरलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याइएको थियो । उहाँको उपचारका क्रममा नै ज्यान गएको हो ।
बुवाको हत्यापछि भागेका कुमाललाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोेलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।