न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डौ – गएको आर्थिक वर्षमा नेपालको व्यापार घाटा १३ खर्ब रुपैयाँभन्दा धेरै पुगेको छ ।
आर्थिक वर्ष २०७५/७६ मा नेपालले १४ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँको सामान आयात गरेकोमा जम्मा ९७ अर्ब १० करोड रुपैयाँको सामान निर्यात गरेको छ । नेपालको व्यापार घाटा १३ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ । गएको वर्ष नेपालको व्यापार घाटा ११ खर्ब ६३ अर्ब रुपैयाँ रहेको थियो ।
भन्सार विभागका अनुसार गएको वर्ष नेपालले १ सय ५७ वटा देशसँग व्यापार गरेको छ । सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । गएको वर्ष नेपालले भारतबाट ९ खर्ब १७ अर्ब ९२ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । तर निर्यात भने जम्मा ६२ अर्ब रुपैयाँको मात्रै भएको छ ।
भारतसँगको व्यापार घाटा ८ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । यस्तै चीनसँगको व्यापार घाटा पनि २ खर्ब रुपैयाँ नाघेको छ । चीनबाट गएको २ खर्ब ५ अर्ब ५१ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएकोमा जम्मा २ अर्ब १० करोड रुपैयाँको मात्र निर्यात भएको छ । यस्तै युनाइटेड अरब इमिरेट्ससँग नेपालको व्यापार घाटा ३५ अर्ब ४ करोड रुपैयाँ रहेको छ ।
२३ वटा देशसँग व्यापारमा नाफा
गएको वर्ष १ सय ५७ वटा देशसँग व्यापार गरेकोमा १ सय ३४ वटा देशसँग व्यापार घाटा भएको छ । तर अत्यन्तै कम परिमाणमा भए पनि २३ वटा देशसँग भने नेपालको व्यापार नाफामा रहेको छ । व्यापार नाफामा रहेका देशमा दक्षिण एसियाली देश अफगानिस्तानदेखि कमै मात्र नाम सुनेको न्यू क्यालेडोनियासम्म रहेका छन् ।
नेपालले कम सामान आयात गरेर निर्यात धेरै गरेका अर्थात व्यापार नाफा गरेका यस्ता छन, र व्यापार यस्तो छ ।
आर्मेनिया
गएको वर्ष नेपालले आर्मेनियामासँग २३ लाख १५ हजार रुपैयाँको नाफा व्यापार गरेको छ । आर्मेनियाबाट कुनै पनि सामान आयात भएनन् भने २३ लाख १५ हजार रुपैयाँका सामान निर्यात भएका छन् ।
कजाकस्तान
कजाकस्तानसँग पनि नेपालको व्यापार नाफामा छ । गएको आर्थिक वर्षमा कजाकस्तानबाट कुनै पनि सामग्री आयात भएनन् भने नेपालले ७ लाख ८२ हजार रुपैयाँको सामान निर्यात गरेको छ ।
यमन
नेपालले गएको वर्ष यमनसँग पनि निर्यातको मात्रै व्यापार गरेको छ । यमनमा गएको आर्थिक वर्षमा ३ करोड ५८ लाख रुपैयाँ बराबरका सामान नेपालले निर्यात गरेको छ । आयात भएको छैन ।
बहमास
बहमासमा गएको आर्थिक वर्षमा नेपालले १२ लाख ४१ हजार मूल्य बराबरका सामान निर्यात गरेको छ । बहमासबाट आयात भने भएको छैन ।
एन्टिगुवा एन्ड बारबुडा
कमै मात्र नाम सुनिएको यो देशमा पनि नेपालले व्यापार गरेको छ । एन्टिगुवा एन्ड बारबुडामा नेपालले गएको वर्ष २ लाख ७८ हजार रुपैयाँको व्यापार गरेको छ । यो देशसँग आयात भएको छैन भने निर्यात मात्रै भएको छ ।
बर्मुडा
बर्मुडासँग पनि नेपालले व्यापार गरेको छ । गएको आर्थिक वर्षमा नेपालले बर्मुडासँग कुनै पनि सामान आयात नगरे पनि निर्यात भने गरेको छ । नेपालले गएको आर्थिक वर्षमा बर्मुडामा ५ लाख ६१ हजार रुपैयाँको सामान निर्यात गरेको छ ।
अल्जेरिया
अल्जेरियामा पनि गएको आर्थिक वर्षमा नेपालले निर्यात मात्रै गरेको छ । आयात गरेको छैन । गएको आर्थिक वर्षमा नेपालले अल्जेरियामा ८ करोड ४६ लाख ४५ हजार रुपैयाँ बराबरका सामान निर्यात गरेको छ ।
पनामा
पनामासँग पनि नेपालले व्यापार गरेको छ । गएको आर्थिक वर्षमा नेपालबाट पनामा २३ लाख ३२ हजार रुपैयाँ बराबरका सामान गए भने पनामाबाट नेपालमा कुनै पनि सामान आयात भएका छैनन् ।
अजरबैजान
अजरबैजानमा गएको आर्थिक वर्ष नेपालबाट १८ लाख ४४ हजार रुपैयाँ बराबरका सामान निर्यात भए । अजरबैजानबाट भने नेपालमा सामान आयात भएका छैनन् ।
सेशेल्स
नेपालीले निकै कम मात्रै नाम सुनेको सेशेल्ससँग पनि नेपालको व्यापार रहेको छ । गएको वर्ष यो देशमा ६ लाख रुपैयाँको सामान निर्यात भएको छ भने उताबाट १ लाख ३३ हजार रुपैयाँको मात्रै सामान आएको छ । सेशेल्ससँग नेपालको व्यापार नाफा ४ लाख ६७ हजार रुपैयाँ रहेको छ ।
रुवाण्डा
रुवाण्डामा गएको आर्थिक वर्षमा नेपालले २ लाख २० हजार रुपैयाँको सामान निर्यात गरेको छ भने १ लाख ६२ हजार रुपैयाँको आयात गरेको छ । रुवाण्डासँग नेपालको व्यापार नाफा ५८ हजार रुपैयाँ रहेको छ ।
मौरिसस
मौरिससमा गएको वर्ष नेपालले १२ लाख ५७ हजार रुपैयाँको नाफाको व्यापार गरेको छ । नेपालले २ लाख २८ हजार रुपैयाँको सामान किन्दा मौरिससमा १५ लाख २५ हजार रुपैयाँको सामान निर्यात गरेको छ ।
न्यू क्यालेडोनिया
न्यू क्यालेडोनियासँग नेपालको २ करोड ६९ हजार रुपैयाँको व्यापार नाफा रहेको छ । गएको वर्ष न्यू क्यालेडोनियामा २ करोड २ लाख रुपैयाँका सामान निर्यात भए भने जम्मा २ लाख ३० हजार रुपैयाँ बराबरका सामान आयात भए ।
माल्दिभ्स
दक्षिण एसियाली देश माल्दिभ्ससँग पनि नेपालको व्यापार नाफामा रहेको छ । गएको वर्ष माल्दिभ्समा ६१ लाख ९९ हजार रुपैयाँको व्यापार नाफा भएको छ । माल्दिभ्सबाट ६ लाख ८७ हजार रुपैयाँको सामान आयात हुँदा ६८ लाख ८६ हजार रुपैयाँको सामान निर्यात भएको छ ।
मोनाको
मोनाकोसँग गएको आर्थिक वर्ष ६७ लाख रुपैयाँ बराबरको व्यापार नाफा भयो । मोनाकोमा ७७ लाख ३९ हजार रुपैयाँ बराबरका सामान निर्यात हुँदा जम्मा ९ लाख ८२ हजार रुपैयाँ बराबरका सामान आयात भए ।
सुडान
अफ्रिकी देश सुडानसँग पनि नेपालको व्यापार सम्बन्ध रहेको छ । गएको वर्ष सुडानसँग १ लाख १७ हजार रुपैयाँको नाफाको व्यापार भएको छ । गएको आर्थिक वर्ष सुडानमा १२ लाख ५९ हजार रुपैयाँको सामान निर्यात भएको छ भने ११ लाख ४१ हजार रुपैयाँको आयात भएको छ ।
सेन्ट्रल अफ्रिकन रिपब्लिक
सेन्ट्रल अफ्रिकन रिपब्लिकसँग गएको आर्थिक वर्ष २७ करोड ५८ लाख ५० हजार व्यापार नाफा रहेको छ । यो देशमा २७ करोड ७७ लाख रुपैयाँको सामान निर्यात भएकोमा १७ लाख १९ हजार रुपैयाँको सामान आयात भएको छ ।
एल साल्भाडोर
यो देशसँग नेपालको ४ लाख ५ हजार व्यापार नाफामा रहेको छ । एल साल्भाडोरमा गएको आर्थिक वर्षमा २५ लाख ७० हजार रुपैयाँका सामान निर्यात भए भने २१ लाख ६५ हजार रुपैयाँ बराबरका सामान आयात भएको छ ।
गिनी
गिनीसँग पनि नेपालले व्यापार गरेको छ । गएको आर्थिक वर्ष गिनीमा ७ लाख ७३ हजार व्यापार नाफा भयो । गएको वर्ष यो देशमा २८ लाख ५१ हजार रुपैयाँका सामान निर्यात हुँदा २१ लाख ७८ हजार रुपैयाँ बराबरका सामान मात्रै आयात भए ।
आइसल्याण्ड
गएको वर्ष आइसल्याण्डमा नेपालले ८५ लाख ४४ हजार रुपैयाँको सामान निर्यात गर्दा जम्मा २५ लाख ७५ हजार रुपैयाँ बराबरका सामान मात्रै आयात गर्यो । आइसल्याण्डसँग ५९ लाख ६९ हजार रुपैयाँ बराबरको व्यापार नाफा भयो ।
इस्टोनिया
इस्टोनियामा ४ लाख ६५ हजार रुपैयाँ व्यापार नाफामा रहेको छ । गएको वर्ष नेपालले इस्टोनियामा ३५ लाख ५१ हजार रुपैयाँको सामान निर्यात गर्दा ३० लाख ८ हजार रुपैयाँको सामान आयात भएको छ ।
अफगानिस्तान
अफगानिस्तानसँग गएको आर्थिक वर्ष १ करोड ४२ लाख ९२ हजार रुपैयाँ बराबरको व्यापार नाफा गरेको छ । अफगानिस्तानमा २ करोड २८ लाख ८६ हजार रुपैयाँ बराबरका सामान निर्यात भए । यस्तै ८५ लाख ७७ हजार रुपैयाँ बराबरका सामान आयात भएका छन् ।
स्लोभेनिया
स्लोभेनियासँग ८९ लाख रुपैयाँ बराबरको व्यापार नाफा भएको छ । गएको आर्थिक वर्षमा स्लोभेनियामा २ करोड ४३ लाख रुपैयाँ बराबरका सामान निर्यात भएकोमा १ करोड ५४ लाख रुपैयाँ बराबरको सामान आयात भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।