कर्मचारीलाई मन्त्री अर्यालको सुझाव : मन्त्रीको स्पीडमा हिँड्नुस् धेरै सुधार हुन्छ

 साउन १३, २०७६ सोमबार १७:१०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मालपोत कार्यालय साँखुलाई आधुनिक तथा सुविधासम्पन्न कार्यालय घोषणा गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सोमबार एक कार्यक्रमकाबीच साँखु मालपोत कार्यालयलाई नमूना कार्यालय घोषणा गर्नुभएको हो ।

कार्यालयलाई नमूना तथा आधुनिक घोषणा गर्दै मन्त्री अर्यालले मन्त्री, सचिव र विभागको निर्देशनमा काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । अहिले मन्त्रालय समग्र भूमि प्रशासनलाई व्यवस्थित गर्न लागिरहेको भन्दै त्यो ‘स्पीड’मा कर्मचारी तथा समग्र सेवाग्राहीले साथ दिनुपर्ने आग्रह गर्नुभयो । ‘तपाइँ कर्मचारीहरू मन्त्री, सचिव, विभागको स्पीडमा हिँड्नुस, कार्यालय र सेवालाई नमूना बनाउन तपाइँ कार्यालय प्रमुख र कर्मचारीहरु प्रतिस्पर्धात्मक तरिकाले लाग्नुस् ।’ मन्त्री अर्यालले भन्नुभयो ।

कार्यक्रममा मन्त्री अर्यालले सरकारले चालेको शुद्धताको अभियानलाई सबैले सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभयो । ‘सरकारले शुद्धताको अभियान सञ्चालन गरिरहेको छ, यसमा तपाइँ सेवाग्राही, कर्मचारी सबैले साथ दिनुस्, हिजो जे भयो अब सुधार गर्नेगरी जाऔँ ।’ मन्त्री अर्यालले भन्नुभयो ।

मन्त्रालयले अहिले भूमि प्रशासन अन्तर्गतका कार्यालयहरूको श्रेस्ता स्क्यानिङको काम गरिरहेको भन्दै मन्त्री अर्यालले व्यवस्थित गरेर स्थानीय तहमा सिस्टम पठाइदिउँ भन्नेतिर मन्त्रालय लागेको बताउनुभयो । ‘नयाँ प्रविधियुक्त बनाउन सकिन्छ कि भनेर लागेका छौँ । जग्गा प्रशासनसँग सम्बन्धित कार्यलाई व्यवस्थित बनाउन सकिन्छ कि भनेर हामी लागिपरेका छौँ’ मन्त्री अर्यालले भन्नुभयो । 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया