कक्षा १२ काे नतिजा सार्वजनिक

 साउन १३, २०७६ सोमबार १८:१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ३ हजार ६७ विद्यार्थीले उच्च तह ३.६१ देखि ४.०० जीपीए ल्याएका छन् । नियमित तर्फका २ लाख ९२ हजार १ सय ५३ परीक्षार्थी मध्ये ३ हजार ६७ जनाले मात्र उच्च तहको जीपीए प्राप्त गरेका हुन् ।

यस्तै, १६ हजार २ सय ४ जनाले ३.२१ देखि ३.६० जीपीए ल्याएका छन् । ३१ हजार विद्यार्थीले २.८१ देखि ३२० जीपीए, ५६ हजार ५ सय ३ जनाले २.४१ देखि २.८०, ८६ हजार २ सय २७ जनाले २.०१ देखि २.४० जीपीए, ६२ हजार ६ सय १९ जनाले १.६१ देखि २.०० जीपीए, १९ हजार जनाले १.२१ देखि १.१६० जीपीए, ३ हजार ५ सय २४ जनाले ०.८१ देखि १.२० जीपीए र १३ हजार ३ सय ६२ जनाले ०.० देखि ०.८० ल्याएका छन् । 

परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरि ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए । ग्रेडवृद्धि तर्फ ७८ हजार ७ सय ४४ परीक्षार्थी परीक्षामा सहभागी थिए । आंशिकतर्फ ४१.८३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका बोर्डले जनाएको छ ।

५७ हजार १ सय ७० परीक्षार्थीले आशिंकतर्फ परीक्षा दिएकोमा २३ हजार ९ सय १५ जना मात्र उत्तिर्ण भएका हुन् । गएको वर्षदेखि बोर्डले कक्षा १२ को नतिजा ग्रेडिङ पद्धतिअनुसार सार्वजनिक गर्न थालेको हो ।

यसरी हेर्न सकिन्छ नतिजा :

वेबसाइटहरु

राष्ट्रिय परीक्षाको बोर्डको वेबसाइट : www.neb.gov.np

नेपाल टेलिकमको वेबसाइट : www.neb.ntc.net.np 

इयुजोनिक्स एजुकेसन प्रालिको वेबसाइट : www.edusanjal.com

एसएमएसबाट

नेपाल टेलिकमको १६०० मा एसएमएस गर्ने तरिका : NEB लेखेर एक स्पेस दिने र सिम्बाेल नम्बर टाइप गरी १६०० मा एसएमए‍स गर्ने ।

जानकी टेक्नोलोजिको ३५००१ मा एसएमएस गर्ने तरिका : NEB लेखेर एक स्पेस दिने र सिम्बाेल नम्बर टाइप गरी ३५००१ मा एसएमएस गर्ने ।

 

अन्तिम अपडेट: फागुन १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया