न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
रसुवा – चीनबाट अवैध रूपमा ल्याएको ४७ केजी सुन बरामद गरिएको छ । चीनको केरुङबाट विभिन्न बाटो प्रयोग गरेर ल्याउँदै गर्दा रसुवामा ६ वर्षमा झण्डै ४७ केजी सुन बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार रसुवागढी नाका र मालागढी नाका प्रयोग गरेर सुन भित्रिएको छ । रसुवागढी नाका र मालागढीबाट सबैभन्दा कम ६ तोला सुन पक्राउ गरिएको छ ।
कहिले कति बरामद ?
आर्थिक वर्ष २०७०/७१ - ११ तोला
आर्थिक वर्ष ०७२/७३ - ६ तोला
आर्थिक वर्ष ०७२/७३ - ८ केजी २ सय २० ग्राम २० तोला
आर्थिक वर्ष ०७/-७४ - १४ केजी १ सय १६ ग्राम
आर्थिक वर्ष ०७४/७५ - १७ केजी १६ तोला
आर्थिक वर्ष ०७५/७६ - ७ केजी ८ सय ४० ग्राम
२०७६/७७ साउन - १०२.४९ ग्राम
६ वर्षमा सुन तस्करीमा संलग्न भएका चालक र भरिया गरी २५ जना पक्राउ परेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।