न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
बाँके - प्रहरीले नेपालगञ्जबाट साढे २ किलो चाँदीसहित एकजनालाई सोमबार नेपालगञ्जबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छलेर चाँदी ल्याउँदै गरेको सूचनाको आधारमा नेपालगञ्जको सदरलाइनमा शंकास्पद व्यक्तिलाई चेक गर्ने क्रममा बर्दिया गुलरिया ६ का ३१ वर्षीय सुवास गुप्तालाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर वलीले गुप्तालाई चेक गर्दा उनले बोकेको झोलामा रहेको चाँदीको जस्तो देखिने धातुका गरगहना ५ किलो ४९५ ग्राम फेला पारेको जानकारी दिनुभयो ।
बरामद धातु परीक्षणका लागि सुनचाँदी व्यवसायी सङ्घ नेपालगञ्जमा पठाइएको थियाे । चेक गर्दा एक लाख ७१ हजार रुपैयाँ मूल्य बराबरको २ किलो ७१७ ग्राम ५०० मिलिग्राम शुद्ध चाँदी रहेको पुष्टि भएको हो । गुप्तालाई चाँदीसहित भन्सार कार्यालयमा बुझाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।