न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
मोरङ – प्रदेश १ को सरकारले ट्राफिक व्यवस्थापनका लागि प्रदेश प्रहरी कार्यालयलाई ७७ लाख बराबरको सामग्री उपलब्ध गराएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत खरिद गरिएको सामग्री हस्तान्तरण गरिएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीलाई ती सामग्री हस्तान्तरण गर्नुभएको हो । यसरी हस्तान्तरण गरिएका सामग्रीहरुमा ४८ लाख १७ हजार १९० रुपैयाँ मूल्यको र्याडर गन ७ सेट, ४ लाख २९ हजार ४ सय रुपैयाँ मूल्य पर्ने २० सेट ब्रेथलाइजर, ४ लाख २९ हजार ४ सय रुपैयाँ मूल्य बराबरको एक सय सेट ह्वील लक रहेको मन्त्रालयका सूचना अधिकारी विजयकुमार मगरले जानकारी दिनुभयो ।
प्रदेशको ट्राफिक व्यवस्थापन र यातायात दुर्घटना नियन्त्रण गर्न उक्त सामग्री उपयोगी हुने विश्वास गरिएको छ । हस्तान्तरण गरिएको सामाग्रीको मूल्य ७७ लाख ९ हजार ९ सय ९० रुपैयाँ परेको मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।