पाकिस्तान विमान दुर्घटना अपडेट : आवासीय क्षेत्रमा सेनाको विमान खस्दा १७ जनाको मृत्यु

 साउन १४, २०७६ मंगलबार १०:४८:५८ | एजेन्सी
unn.prixa.net

पाकिस्तानको रावलपिण्डीमा सेनाको एक विमान दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ । 

रावलपिण्डीको आवासीय क्षेत्रमा विमान दुर्घटना हुँदा १२ जना सर्वसाधारण र ५ जना चालक दलका सदस्यसहित १७ जनाको ज्यान गएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

विमान दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । तालिमको क्रममा रहेको सेनाको सानो विमान आवासीय क्षेत्रमा मंगलबार बिहान दुर्घटनाग्रस्त भएको हो । विमान आवासीय क्षेत्रमा खसेका कारण धेरै क्षति भएको स्थानीय प्रशासनले जनाएको छ । 

दुर्घटनाको कारण भने नखुलेको र अहिले उद्धारको काम भैरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । आवासीय क्षेत्रमा विमान खसेपछि केही घरहरुमासमेत आगलागी भएको छ । 

राजधानी इस्लामाबाद नजिकै रहेको रावलपिण्डीमा पाकिस्तानी सेनाको मुख्यालय रहेको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया