गाडीसहित १२ प्रकारका वस्तुको अधिकतम खुद्रा मूल्य भन्सारमै तोक्नुपर्ने

 साउन १४, २०७६ मंगलबार ११:५९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भन्सार विभागले भन्सार विन्दुमै अधिकतम खुद्रा मूल्य अर्थात् एमआरपी तोक्नुपर्ने वस्तुको सूची सार्वजनिक गरेको छ ।

चर्को भन्सार शूल्क लाग्ने बहाना बनाएर उपभोक्तासँग धेरै मूल्य लिने गरेको गुनासो आएपछि सरकारले केही वस्तुको अधिकतम खुद्रा मूल्य भन्सारमै तोक्नुपर्ने निर्णय गरेको थियो ।

मन्त्रीस्तरीय निर्णय अनुसार आयातकर्ताले भन्सारबिन्दुमै अधिकतम खुद्रा मूल्य तोक्नुपर्ने नियम लागू गरिएको भन्सार विभागले जनाएको छ । अबदेखि सबै प्रकारका टेलिभिजन, घरायसी एअर कन्डिसन, रेफ्रीजेरेटर, वासिङ मेसिनको अधिकतम खुद्रा मूल्य भन्सारमै तोक्नुपर्नेछ ।

यस्तै, माइक्रोओभन, सबै प्रकारका इनर्जी ड्रिंक्स, मार्वल ग्रेनाइट र टायल्स, कुकिङ रेञ्ज, भान्सामा प्रयोग हुने चिम्नी, डिजिटल क्यामेरा र भिडियो क्यामेराको अधिकतम खुद्रा मूल्य पनि आयातकर्ताले भन्सार बिन्दुमै उल्लेख गर्नुपर्नेछ ।

यस्तै, सबै प्रकारका सवारी साधनको अधिकतम खुद्रा मूल्य पनि अब भन्सार बिन्दुमै उल्लेख गर्नुपर्ने भएको छ । सवारीसाधनमा धेरै मूल्य तिर्नुपरेको भनेर उपभोक्ताले सबैभन्दा धेरै गुनासो गर्दै आएका छन् । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया