नेकपा अध्यक्ष दाहाल परिवारसहित यूएई प्रस्थान

 साउन १४, २०७६ मंगलबार १२:१२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्नु भएको छ । 

अध्यक्ष दाहाल मंगलबार बिहान पत्नी सीता दाहाल, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित यूएई प्रस्थान गर्नु भएको हो । लामो समयदेखि बिरामी पत्नी सीताको इच्छामा यो भ्रमण गरिएको दाहालकाे पारिवारिक स्रोतले जनाएको छ ।

पाँच दिने यूएई भ्रमणका क्रममा अध्यक्ष दाहालको कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम तय नभएको पनि बताइएको छ । अध्यक्ष दाहालले सोमबार बसेको पार्टी सचिवालय बैठकमा आफ्नो यूएई भ्रमणबारे जानकारी गराउनु भएको थियो ।  

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको पनि स्वास्थ्य परीक्षणका लागि आउँदाे शनिबार सिंगापुर जाने कार्यक्रम तय भएकाे छ । अध्यक्षद्धय ओली र दाहाल विदेश भ्रमणमा निस्कने भएपछि पार्टी सचिवालय बैठक पनि दुई हप्ता पछि सारिएको छ । 

अन्तिम अपडेट: कात्तिक २, २०७६

तपाईको प्रतिक्रिया