न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
कैलाली – कैलालीमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कैलालीको टोलीले चितुवाको दुई थान छालासहित डोटी बड्डी केदार गाउँपालिकाका राजेन्द्र थापा र कैलाली चुरे गाउँपालिका–१, का रामबहादुर विष्टलाई पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ परेका उनीहरूको साथबाट चितुवाको दुई थान छाला बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गरेर उनीहरुलाई चितुवाको छालासहित सार्वजनिक गरेको हो ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि वन कार्यालयको जिम्मा लगाउने तयारी रहेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा राजेन्द्र थापाले चितुवाको छाला स्थानीय डोटी बड्डीकेदार गाउँपालिकामा शिकार गरी बिक्री वितरणका लागि राम विष्टसँग सम्पर्कमा रहेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
बरामद भएको चितुवाको छाला थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयलाई जिम्मा लगाएको छ
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।