न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डौ – बैंकिङ ठगी कसुरमा फरार रहेका मनोज श्रेष्ठ पक्राउ परेका छन् ।
काठमाण्डौको दरमार्गमा रहेको डेजाभु क्लबका सञ्चालकसमेत रहेका श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी ड्रागन एअरलाइन्समार्फत हङकङबाट काठमाण्डौ आउँदै गरेको सूचना पाएपछि प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
मनोजले विश्वराम श्रेष्ठसँग २ करोड रुपैयाँ ऋण लिएका थिए । तर मनोजले ऋण तिर्ने क्रममा विश्वरामलाई दिएको २ करोड रुपैयाँको चेक बाउन्स भएपछि महानगरीय प्रहरी परिसरमा उनीविरुद्ध उजुरी परेको थियो ।
प्रहरीले नेपालमा खोजी गर्दा नभेटिएपछि उनी विदेश गएको खुलेको थियो । त्यसपछि गएको माघ १५ गते मनोजविरुद्ध इन्टरपोलको डिफ्युजन नोटिस जारी गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।