न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डाै - प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा छुट्टै ‘विपद् व्यवस्थापन प्राधिकरण’ गठन गर्ने घोषणा गर्नु भएको छ ।
मुख्यमन्त्री राउतले विर्षात्, गर्मी र हिउँदको मौसमको मारमा सबैभन्दा बढी प्रदेश २ पर्ने गरेको उल्लेख गर्दै ती समस्या समाधानका हुने गरी छुट्टै ‘विपद् व्यवस्थापन प्राधिकरण’ गठन गर्ने घोषणा गर्नु भएको हो ।
मंगलबार काठमाण्डौमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले त्यसका लागि ‘विपद् व्यवस्थापन ऐन’ लाई तत्काल संशोधन गरेर अघि बढने योजना पनि अघि सार्नुभयो । मुख्यमन्त्री राउतले वर्षामा बाढी र डुबान, हिउँदमा चिसो र गर्मीमा हुरी, बतास र आगलागीका कारण प्रदेश दुईमा सबैभन्दा बढी जनजनको क्षति हुने भएकाले त्यसलाई नियन्त्रण गर्न प्राधिकरण गठन गरेर अघि बढन लागिएको पनि स्पष्ट पार्नु भयो ।
मुख्यमन्त्री राउतले संघीय सरकारले नदीहरुको तटबन्ध निर्माणको काममा बेवास्ता गरेका कारण तराईका जिल्लाहरु बाढी र डुबानको मारमा पर्नु परेको पनि स्मरण गराउनुभयो ।
मुख्यमन्त्री राउतले सरकारको कामकारबाहीलाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले तत्काल प्रदेश २ को सत्ता समीकरण परिवर्तन हुने सम्भावना नरहेको पनि बताउनुभयो । सञ्चार माध्यममा आएजस्तो प्रदेश २ को सत्ता समीकरण परिवर्तन हुने अवस्था नरहेको उहाँको भनाइ थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।