मानव तस्करीको अभियोगमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री ...
मंसिर १०, २०८१ सोमबार
अफगानिस्तानमा जारी द्वन्द्वका कारण सन् २०१९ को पहिलाे ६ महिनामा मात्रै १ हजार ३ सय ६६ जना मारिएका छन् । त्यस्तै २ हजार ४ सय ४६ जना अफगानी नागरिक घाइते भएको संयुक्त राष्ट्र संघले जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।
इस्लामिक आतंकवादी समूहविरुद्धको युद्ध, सरकारी र नाटो नेतृत्वको सैन्य गतिविधिमा १ हजार ३ सय ६६ जना अफगानी नागरिक मारिएको प्रतिवेदनमा बताइएको छ ।
तालिवान र अमेरिकाबीच १८ वर्षे अफगान युद्ध समाप्त गर्ने विषयमा वार्ता चलिरहँदा मारिने नागरिकको संख्या भने घटेको छैन । अमेरिकी वार्ताकारहरुले भने आउँदो सेम्टेम्बर १ अघि नै वार्ता टुङ्ग्याउने लक्ष्य लिएका छन् ।
तालिवान र इस्लामिक स्टेटका आक्रमणकारीद्वारा सन् २०१९ को जनवरी १ देखि जुन ३० सम्ममा ५३१ अफगानी मारिए । त्यस्तै १ हजार ४ सय ३७ जना घाइते बनाइएका छन् । इस्लामिक समूहले सरकारी कर्मचारी, सहयोगी संस्थाका कर्मचारी, धार्मिक अनुयायी, आदिवासी वृद्धवृदा लगायतलाई निशाना बनाएका थिए ।
त्यस्तै सरकार समर्थक ७ सय १७ जना यो ६ महिनाको अवधिमा मारिएका छन् भने ६ सय ८० जना घाइते भएका छन् । यो गत वर्षको सोही अवधिमा मारिनेको संख्याभन्दा ३१ प्रतिशतले बढेको हो ।
कम्तीमा १ सय ४४ जना महिला र ३ सय २७ जना बालबालिका मारिएका छन् । १ हजारबढी घाइते भएका छन् । यो संख्या देशभन्दा बाहिरका नागरिकको हो ।हवाई आक्रमणमा परि ५ सय १९ जना अफगानी नागरिकको हताहत भएको छ, जसमा १ सय ५० जना बालबालिकाहरु रहेका छन् ।
अमेरिकी र नाटो नेतृत्वको सेना अफगानिस्तानलाई आतंकवादमुक्त बनाउन मिसनका साथ जुटिरहेका छन् ।
तर अफगानी सरकार र आतंकवादी संगठन तालिवानले भने संयुक्त राष्ट्रको प्रतिवेदनलाई लिएर कुनै टिप्पणी गरेका छैनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।