न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
भक्तपुर – मध्यपुर थिमि नगरपालिका बोडेमा मंगलबार दुई जना एकै ठाउँमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
मृत्यु हुनेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भई भक्तपुरको बोडेमा कोठामा बस्दै आएका २१ वर्षीय जीवन तामाङ र रामेछाप जिल्लाका बेथान घर भई हाल जीवनसँग बोडेमा बस्दै आएकी १८ वर्षीया मंगली घिसिङ भएको महानगरीय प्रहरी वृत्त थिमिले जानकारी दिएको छ ।
उनीहरु कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।
बोडेमा कोठा भाडामा बस्ने जीवन र रामेछाप बेथान घर भई हाल जीवनसँग बस्दै आएकी १८ वर्षकी मंगलीबीच प्रेम सम्बन्ध भएकाले सँगै बस्दै आएको अनुमान प्रहरीको छ ।
सवारी चालकको काम गर्दै आएका जीवनको सिन्धुपाल्चोकमा श्रीमती रितु तामाङ र दुई वर्षकी छोरी हुँदाहुदै मंगलीलाई कोठामा ल्याएर राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको बताएको छ ।
यही साउन ११ गते महानगरीय प्रहरी वृत्त थिमिमा श्रीमतीले श्रीमानको चालचलन ठिक नभएको र अर्की केटीसँग लागेर आफूलाई बेवास्ता गर्दै आएकाले निजलाई झिकाइ आवश्यक कारबाही गरी पाउँ भन्दै उजुरी दिएकी थिइन् ।
त्यसपछि प्रहरीले जीवनलाई बोलाएर प्रहरीसँगको छलफलमा जीवनले अब रितुसँग नै बस्छु र उनको रेखदेख गर्ने, खान लगाउन दिने लगायतका सबै आवश्यकता पूरा गरिदिन्छु भन्दै कागज समेत गरेको प्रहरीको भनाइ छ ।
प्रहरी वृत्तबाट निस्किएपछि जीवनले श्रीमती रितुलाई १ हजार रुपैयाँ दिएर कोठामा जाउ भन्दै पठाएका थिए । तर मंगलबार बिहान जीवन र मंगली घिसिङको शव उनीहरु बस्दै आएको कोठामा झुण्डिएको अबस्थामा फेला परेको प्रहरीको भनाइ छ ।
घरमा श्रीमती हुदाँहुँदै बाहिर युवतीसँग प्रेम सम्बन्धको बारेमा बाहिर हल्ला भएपछि उनीहरुले आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।
मृतक दुई जनाको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएर घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कोइरालाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।