मानव तस्करीको अभियोगमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री ...
मंसिर १०, २०८१ सोमबार
अफगानिस्तानमा एक यात्रुवाहक बस बेवारिसे अवस्थामा राखिएको बमसँग ठोक्किँदा कम्तीमा ३२ जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा महिला र बालबालिका धेरै रहेका छन् । यात्रुवाहक बस कान्दहार–हेरत राजमार्गमा दुर्घटनाग्रस्त हुँदा अन्य १७ जना घाइते भएका छन् । फराह प्रान्तका प्रवक्ता मुहिबुल्लाह मुहिबले सडक किनारामा तालिबान समूहले बम राखेको बताउनुभयो ।
मारिनेमा सबै सर्वसाधारण रहेको र मृतकको संख्या अझै बढ्न सक्ने फराह गभर्नरका प्रवक्ता फरुक बरकजाईले भने ।
घटनाको पछाडि कसको संलग्नता रहेको छ, यस बारेमा पुष्टि भैसकेको छैन । तालिवान विद्रोहीहरुले यस क्षेत्रमा सरकारी अधिकारी र सुरक्षा बललाई लक्षित गरेर सडक किनारामा बमको प्रयोग गर्दै आइरहेका छन् ।
संयुक्त राष्ट्रसंघले मंगलबार मात्र अफगानिस्तानमा द्वन्द्वको क्रममा सन् २०१९ को पहिलो ६ महिनामा एक हजारभन्दा बढी सर्वसाधारण मारिएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।