'कोठा पाऊँ' भन्दै काठमाण्डौ महानगरपालिकामा उजुरी

 साउन १५, २०७६ बुधबार १७:२६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भाडामा कोठा उपलब्ध गराइदिन माग गर्दै काठमाण्डौ महानगरपालिकामा उजुरी परेको छ ।

काठमाण्डौ महानगरपालिकाको न्यायिक समितिले बुधबार पत्रकार सम्मेलन गरी भाडामा कोठा उपलब्ध गराइदिन माग गर्दै उजुरी परेको तथ्याङ्क सार्वजनिक गरेको हो । त्यसैगरी घर भाडा भाग लगाइ पाऊँ भनि एउटा उजुरी परेको महानगरपालिकाकी कानुन अधिकृत हरिमाया घिमिरेले जानकारी दिनुभयो । 

काठमाण्डौ महानगरपालिकाको न्यायिक समितिले मेयर विद्यासुन्दर शाक्यलाई बुझाएको गएको आर्थिक वर्षको कार्य प्रगति विवरणमा जम्मा एक सय ९८ ओटा उजुरी दर्ता भएकोमा ६१ ओटा फर्छ्याैट भएको र ९० ओटा विचाराधीन अवस्था रहेको पनि उल्लेख गरिएको छ । ती उजुरीमध्ये सबैभन्दा बढी ५४ ओटा उजुरी घर कोठा खाली गराइ पाउन माग गर्दै परेको कानुन अधिकृत घिमिरेले बताउनुभयो ।

त्यसैगरी न्यायिक समितिले सम्बन्ध विच्छेदका लागि सिफारिस गरि दिन भन्दै ३४ ओटा उजुरी परेको महानगरपालिकाले जनाएको छ । त्यसमध्ये २० ओटा फछर्यौंट गरिएको छ । कानुन अधिकृत घिमिरेका अनुसार सार्वजनिक बाटोमा निर्माण गरिएको घर, टहरा हटाउन पनि उजुरी दिइएको छ । न्यायिक समितिले सार्वजनिक बाटो खुलाइ पाउन भन्दै ४ ओटा उजुरी परेको स्पष्ट पारेको छ । 

उपमेयर हरिप्रभा खड्गी संयोजक रहनु भएको न्यायिक समितिले महानगरपालिकामा परेका उजुरीमाथि छानबिन गरी पीडितलाई न्याय दिने कामलाई तीव्रता दिइएको बताएको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया