काठमाण्डौ भ्यू टावरका ठेकेदारसहित ४ जना हुण्डी कारोबारीविरुद्ध  साढे ४ करोड बिगो मागसहित मुद्दा  दायर

 साउन १५, २०७६ बुधबार १८:४३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको पुरानो बसपार्कमा काठमाण्डौ भ्यू टावर निर्माण गरिरहेको ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोइ विल्डर्ससहित ४ जनाविरुद्ध विदेशी विनिमय अपचलनको मुद्दा दायर भएको छ ।

निशा गुरुङ भन्ने एक महिलाले सिंगापुरमा रहेका साथीहरुको सहयोगमा जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्स प्रालि खोलेर काठमाण्डौ भ्यू टावरमा लगानी गर्ने भनेर सिंगापुरबाट हुण्डीमार्फत रकम भित्राएकाले उनिसहित ४ जनाविरुद्ध काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

गुरुङले राष्ट्र बैंकको नियम छलेर सिंगापुरबाट ४ करोड ६० लाख रुपैयाँ रकम ल्याएर जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्स प्रालिका सञ्चालक मनोज कुमार भेटवालसहित राजकुमार विष्ट र  शिव विष्टको सहयोगमा विभिन्न ठाउँमा अवैध पैसा लगानी गरेको विभागले जनाएको छ ।

उनीहरुविरुद्ध ४ करोड ६० लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको र यो रकमको ३ गुणा सजाय र २ वर्ष कैद माग गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया