स्वास्थ्य मन्त्री यादवद्वारा वैद्यखानाको अनुगमन, ४ दर्जन कर्मचारीमा ४ जना मात्रै उपस्थित

 साउन १५, २०७६ बुधबार १९:३१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सिंहदरबार वैद्यखानाको अनुगमन गर्नु भएको छ ।

स्वास्थ्य मन्त्री यादवले वैद्यखानाको अनुगमन गरी प्रगति विवरण र आगामी कार्ययोजना मन्त्रालयमा पेश गर्न वैद्यखानाका प्रबन्ध निर्देशकलाई निर्देशन दिनुभएको छ । 

सरकारको एक मात्र आधिकारिक जडिबुटीजन्य औषधि उत्पादक संस्था वैद्यखानाको कामकारबाहीबारे जनगुनासो बढेपछि स्वास्थ्यमन्त्री यादवले बुधबार दिउँसो छड्के अनुगमन गर्नु भएको हो । अनुमगनका क्रममा चार जना कामदार मात्रै औषधि कारखानामा काम गर्दै गरेको पाइएको थियो ।

झण्डै चार दर्जनको संख्यामा कर्मचारी रहेको वैद्यखानामा चार जना मात्रै काम गरेको देखेर स्वास्थ्य मन्त्री यादवले चरम असन्तुष्टि व्यक्त गर्नुभयो । वैद्यखानाको दुरावस्था देखेर मन्त्री यादवले हालको प्रगति विवरण र नयाँ कार्ययोजना पेश गर्न निर्देशन दिनु भएको हो ।

मन्त्री यादवसँगै अनुगमन टोलीमा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, मन्त्रालयका सचिव रामकुमार थपलिया र स्वास्थ्य मन्त्रीका सल्लाहकार डा. के.के राई सहभागी हुनुहुन्थ्यो । 

अन्तिम अपडेट: फागुन १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया