कास्कीमा एनसेल टावरमा आगजनी

 साउन १६, २०७६ बिहिबार ११:४८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखरा महानगरपालिका–२८ माझठानामा रहेको एनसेल टावरमा आगजनी भएको छ ।

आगजनी भएको सूचना पाउनासाथ कास्की प्रहरीको टोली त्यसतर्फ गएको छ । 

आगजनीबाट के कति क्षति भएको हो र आगजनी कसले गर्‍यो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी राजकुमार केसीले बताउनुभयो ।

अन्तिम अपडेट: साउन १७, २०७६

तपाईको प्रतिक्रिया