न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डौ – एक जना ट्याक्सी चालकले यात्रुले छोडेको २ लाख ५० हजार रुपैयाँ फिर्ता गरेका छन् ।
बिहीबार बिहान सुन्धाराबाट न्यूरोड जाने क्रममा रुकुमको सिस्ने गाउँपालिका २ का विवेक खड्काको २ लाख ५० हजार रुपैयाँ बा २ ज ४१ ५५ नम्बरको ट्याक्सीमा छुटेको थियो ।
छुटेको रकम ट्याक्सी चालक सिन्धुलीका कुलबहादुर श्रेष्ठले महानगरीय ट्राफिक प्रहरी महाशाखामा बुझाउनु भएको हो । चालक श्रेष्ठले फिर्ता गरेको रकम प्रहरी उपरीक्षक रविकुमार श्रेष्ठले खड्कालाई बुझाउनुभएको छ ।
खड्काले पैसा फिर्ता गर्ने ट्याक्सी चालकलाई धन्यवाद दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।