गुँला पर्व सुरु

 साउन १७, २०७६ शुक्रबार ९:९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बौद्ध धर्मावलम्बीले मनाउने गुँला पर्व शुक्रबारदेखि सुरु भएको छ । हरेक बिहान गुँला बाजा बजाउँदै स्वयम्भू महाचैत्यका साथै बौद्ध मन्दिर तथा बिहारको परिक्रमा गरेर एक महिनासम्म यो पर्व मनाउने गरिन्छ ।

भक्तजनले स्वयम्भू महाचैत्यको दर्शन परिक्रमापछि शोभाभगवतीसँगै विजयश्वरी र सेतो मत्स्येन्द्रनाथको पनि परिक्रमा गर्छन् । करुणामयको नामबाट पनि चिनिने सेतो मत्स्येन्द्रनाथको दर्शनपछि उनीहरू विभिन्न बौद्ध मन्दिर तथा बिहार परिक्रमा गरी आ–आफ्ना घर फर्कन्छन् ।

विशेषगरी नेवार समुदायमा बौद्ध धर्मावलम्बीले शृङ्गभेरी अर्थात् सिंग बाजा फुकाउन लगाएर स्वयम्भू महाचैत्यको पूजा गर्छन् । काठमाण्डौका भित्री टोलका शाक्य, बज्राचार्य, सायमी, उदाय र महर्जन समुदायका गुँला बाजा समूह, दिनहुँ बाजा गाजासहित स्वयम्भू परिक्रमा गर्ने चलन छ ।

गुँला महिनामा स्वयम्भूमा उपत्यकाबाट मात्र नभएर उपत्यका बाहिरबाट एक महिनासम्म दिनहुँ २५ हजारभन्दा धेरै भक्तजन पुग्ने गर्छन् । पर्वभरी बौद्ध स्तोत्र, धारणी, नामसंगीति तथा सद्धधर्मग्रन्थ पाठ गरिन्छ । यो पर्वकै बेला नागपञ्चमी, यलपञ्दान, रक्षाबन्धन, जनैपूर्णिमालगायतका मेला पनि लाग्ने गर्छ ।

अन्तिम अपडेट: फागुन ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया