भारतीय टेलिभिजन पत्रकार रवीश कुमारलाई रमन म्यागासेसे पुरस्कार

 साउन १७, २०७६ शुक्रबार ११:९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

पत्रकारिता जगतमा आफ्नो अलग पहिचान बनाउन सफल एनडीटीभी इण्डियाका म्यानेजिङ एडिटर रवीश कुमार फेरि एकपटक सम्मानित भएका छन् । यस पटक उनी वर्ष २०१९ को रमन म्यागासेसे पुरस्कारबाट सम्मानित भएका हुन् । रवीश कुमारलाई यो सम्मान हिन्दी टेलिभिजन पत्रकारितामा गरेको योगदानका कारण मिलेको हो । 

रमन म्यागासेसे पुरस्कारलाई एसियाको नोबेल पुरस्कार मानिन्छ । रमन म्यागासेसे पुरस्कार एसियाका व्यक्ति तथा संस्थाले गरेको उल्लेखनीय कार्यका लागि प्रदान गरिन्छ । यो पुरस्कार फिलिपिन्सका भूतपूर्व राष्ट्रपति रमन म्यागासेसेको सम्झनामा प्रदान गर्ने गरिन्छ ।

 

यो पनि पढ्नुहोस् 

पुरस्कार प्रदान गर्ने संस्थाका अनुसार रवीश कुमारलाई यो सम्मान ‘आवाजविहीनहरुको आवाज’ बनेका कारण दिइएको हो । रमन म्यागासेसे अवार्ड फाउण्डेशनले यस सम्बन्धमा भनेका छन् ‘रवीश कुमारको समाचार कार्यक्रम ‘प्राइम टाइम’ आम मानिसको वास्तविक जीवनसँग जोडिएका समस्यासँग सम्बन्धित  रहेको छ ।’ 

रवीश कुमारको अलावा २०१९ को म्यागासेसे अवार्ड म्यानमारका को स्वे विन, थाइल्याण्डका अंगखाना नीलापाइजित, फिलिपिन्समा रेमुण्डो पुजान्ते र दक्षिण कोरियाका किम जोङ–कीले प्राप्त गर्न सफल भएका छन् ।

 

यो पनि पढ्नुहोस्

यसअघि सन् २००२ मा नेपालका भारतदत्त कोइराला, २००७ मा महावीर पुन, १९७७ मा महेशचन्द्र रेग्मी, २००६ मा डाक्टर सन्दुक रुइत र २०१३ मा शक्ति समूह रमन म्यागासेसे पुरस्कारबाट सम्मानित भएका छन् । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया