सर्पदंशसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौमा सुरु हुँदै

 साउन १७, २०७६ शुक्रबार १३:४८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा बढ्दै भएको सर्पदंशको बारेमा छलफल गर्न काठमाडौमा अन्तराष्ट्रिय सम्मेलन सुरु हुँदैछ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयको आयोजनामा सम्मेलन राष्ट्रपति भवन शितल निवासमा हुन लागेको हो । केहीबेरमा सुरु हुने सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ ।

स्वदेशी तथा विदेशी विज्ञको सहभागिता रहने सम्मेलनमा नेपालमा सर्पको टोकाइबाट हुने मृत्युदरलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ । नेपाल लगायत दक्षिण एसियाका कतिपय देशमा सर्पदंश जटिल जनस्वास्थ्यका रुपमा देखिँदै आएको छ ।

नेपालमा विषेशगरी तराई तथा गर्मी ठाउँमा सर्पको टोकाइबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । सम्मेलन शनिबारसम्म चल्नेछ ।

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया