न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डौ - ललितपुरको नख्खु कारागारमा बन्दीहरुबीच कुटाकुट हुँदा एक जनाकाे ज्यान गएकाे छ ।
कारागारको भुइँमा बिच्छ्याइएको ब्लकले प्रहार गर्दा पूर्णबहादुर राजी गम्भीर घाइते भएको ललितपुर प्रहरी परिसर, जावलाखेलले जानकारी दिएको छ ।
कर्तव्य ज्यान मुद्दामा कैद भोगिरहेका पवनकुमार महतोले ब्लकले प्रहार गरेकाले पूर्णबहादुर गम्भीर घाइते भएको वीर अस्पतालमा पुर्याइएका उनकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।
विवादको कारण नखुलेको भए पनि अनुसन्धान भइरहेको जावलाखेल प्रहरी कार्यालयले जानकारी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।