काभ्रेपलाञ्चाेकका ५ जना प्रहरी घुससहित पक्राउ

 साउन १७, २०७६ शुक्रबार १५:१९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चाेकका पाँच जना प्रहरी घुससहित पक्राउ परेका छन् । 

हिगुवापाटी ट्राफिक पाेस्ट, पाँचखाल ट्राफिक पाेस्ट, पाँचखाल मोटरसाइकल गस्ती र बनेपा ट्राफिक पाेस्टका ५ जना प्रहरी कर्मचारीहरु पक्राउ परेका हुन् । 

बालुवा लिएर मेलम्चीदेखि काठमाण्डौका लागि छुट्ने हरेक टिपरबाट १ देखि २ हजार रुपैयाँ लिएको उजुरीको आधारमा उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा हिगुवापाटी ट्राफिक पाेस्टका प्रहरी जवान तेजप्रसाद भट्टराई, प्रहरी चौकी पाँचखालमा मोटरसाइकल गस्ती गर्ने प्रहरी हवल्दार भक्तबहादुर हायु र प्रहरी जवान ज्ञान बहादुर लामगादे एवं बनेपा ट्राफिक पोस्टका प्रहरी जवान हरिचन्द्र बाँनिया र प्रहरी हवल्दार रामहरी मानन्धर रहेका छन् । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया