न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डाै - वर्ल्डलिंंक कम्युनिकेशनको विभिन्न कार्यालयका लागि ल्याइएको १६ लाख असी हजार बराबरको इन्टरनेटसम्बन्धी सामग्री चोरी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नागार्जुन नगरपालिका ४ का २४ वर्षीय अमित तुलाधर, २१ वर्षीय अव्य तुलाधर, ३३ वर्षीय हरिकृष्ण तिवारी तथा जुम्लाको सिंजा धाफा ३ घर भएर हाल काठमाण्डौ सीतापाइला बस्ने २५ वर्षीय हरि शर्मा रहेका छन् ।
चितवन, हेटौंडा र बुटवललगायतका वर्ल्डलिंंकका शाखा कार्यालयमा पठाउने क्रममा उनीहरुले गएको साउन ८ गते शंखमूलबाट ती सामानहरु लाेड गरिएकाे गाडीबाट चोरी गरेका थिए । महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले विभिन्न ठाउँबाट बिहीबार चोरी गरिएका सामानसहित उनीहरुलापक्राई गरेको हो ।
पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौमा राखिएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।