समृद्ध नेपालः सुखी नेपालीको नारालाई सफल बनाउने हिसाबले काम गर्नुहाेस्: वरिष्ठ नेता नेपाल

 साउन १७, २०७६ शुक्रबार १७:९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले अघि सारेको ‘समृद्ध नेपालः सुखी नेपाली’ को नारालाई सफल बनाउने गरी काम गर्न पार्टीका जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका वरिष्ठ नेता नेपालले सरकारले मुलुकको आर्थिक–सामाजिक रुपान्तरणको एजेन्डालाई मुख्य नारा बनाएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न पार्टीका तीनै तहका जनप्रतिनिधिहरुले जिम्मेवारीका साथ काम गर्नुपर्ने पनि स्पष्ट पार्नु भयो ।

तुलसीलाल स्मृति प्रतिष्ठानले शुक्रबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा उहाँले मुलुकको आर्थिक–सामाजिक–सांस्कृतिक रुपान्तरणको नेतृत्व गर्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा लैजाने गरी पार्टीका नेता, कार्यकर्ताहरुले पनि आफ्नो क्षमताको प्रर्दशन गर्नुपर्ने आवश्यक्ता औंँल्याउनु भयो ।

वरिष्ठ नेता नेपालले तुलसीलाल अमात्यजस्ता दूरदृष्टि भएका नेताहरुका कारण मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको उल्लेख गर्दै अब जनताको जीवनमा परिवर्तन हुनेगरी आर्थिक समृद्धिको एजेन्डालाई अघि बढाउनुपर्नेमा पनि जोड दिनुभयो ।

 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया