एनआरएनए स्पेनले माफी नमागे कडा कदम चाल्ने पत्रकार महासंघ यूरोप शाखाको चेतावनी

 साउन १८, २०७६ शनिबार १२:१:५८ | उज्यालो सहकर्मी

काठमाण्डौ - नेपाल पत्रकार महासंघ यूरोप शाखाले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनले आफ्नो गल्ति सच्चाएर माफी नमागे कडा कदम चाल्ने चेतावनी दिएको छ । 

महासंघ यूरोप शाखाका अध्यक्ष केजिन राईले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिनुभएको हो । एनआरएनए स्पेनले यूरोपबाट पत्रकारिता गर्दै आइरहेका दीपेन्द्र गजुरेललाई कारबाही गर्ने चेतावनी दिएको थियो । 

पत्रकार गजुरेलले स्पेनमा भएको दुर्घटनाको खबर प्रकाशित गरेपछि एनआरएनए स्पेनले संघको छवीमा आँच आउने काम भएको भन्दै कारवाहीको चेतावनी दिएको थियो । उसले ‘लिगल प्रोसेस’ बाट पत्रकार गजुरेललाई कारबाही गर्ने चेतावनी दिएको छ ।

स्पेनको म्याड्रिड निवासी गजुरेलले यूरोपबाट नेपाल समाचार पत्र दैनिकमा समाचार लेख्दै आएका छन् । समाचारमार्फत खबरदारी गर्दा उल्टै कारबाही गर्ने चेतावनी दिनु एनआरएनए स्पेनको दुर्भाग्यपूर्ण कदम भएको पत्रकार महासंघ यूरोप शाखाले जनाएको छ ।  

सामाजिक संस्थामा व्यक्तिवादी सोच हावी भएको देखिएको भन्दै एनआरएनए स्पेनले तत्काल निर्णय सच्चाएर माफि माग्न पनि महासंघले माग गरेको छ ।

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया