स्वास्थ्य परीक्षण गर्न प्रधानमन्त्री ओली आज सिंगापुर जाँदै

 साउन १८, २०७६ शनिबार १३:६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली शनिबार सिंगापुर जाँदै हुनुहुन्छ । उहाँ नियमित स्वास्थ्य परीक्षणको लागि शनिबार राति पानै १० बजे सिंगापुर जाने तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीसँग निजी चिकित्सक डाक्टर दिव्यासिंह शाह पनि सिंगापुर जाँदै हुनुहुन्छ । उहाँको नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण हुनेछ । प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण सकेर आउँदो शनिबार स्वदेश फर्कने तय भएको छ । 

यस्तै, गएको मंगलबार यूएई जानुभएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया