भारतको उत्तराखण्डमा ठूलो हिमपहिरो, फसेका ५७ मध्ये १६ जना मजद...
फागुन १६, २०८१ शुक्रबार
जम्मू–कश्मीर प्रशासनले जारी गरेको विज्ञप्तिलाई मध्यनजर गर्दै बेलायत, अष्ट्रेलिया र जर्मनीले आफ्ना नागरिकलाई कश्मीर यात्रा नगर्न सल्लाह दिएका छन् ।
जम्मू–कश्मीर राज्य प्रशासनले आतंकवादी आक्रमणको आशंकाको कारण अमरनाथ यात्राका लागि आएका तीर्थालु र पर्यटकहरुलाई चाँडोभन्दा चाँडो कश्मीर छोड्न भनेको छ ।
जर्मनीले विज्ञप्ति जारी गर्दै जम्मू–कश्मीरको अवस्था ठिक नरहेको भन्दै आफ्ना नागरिकलाई त्यसतर्फ यात्रा नगर्न भनेको छ । साथै प्रशासनले पर्यटकीय क्षेत्रमा जानुअघि जम्मू–कश्मीरको परिस्थितिको बारेमा जान्न आफ्ना नागरिकलाई सचेत गराएको छ ।
बेलायतले पनि सचेतनामूलक विज्ञप्ति जारी गरेको छ । बेलायतले आफ्ना नागरिकलाई सतर्क रहन र स्थानीय अधिकारीहरुको सल्लाह मान्न भनेको छ । बेलायतको विदेश विभागले आशंका जनाउँदै भनेको छ, ‘अहिले जम्मू–कश्मीरको अवस्था ठिक छैन । जुनसुकै बेला पनि बम आक्रमण, गोलाबारी, अपहरण लगायतका घटना हुनसक्छ । यसर्थ बेलायती नागरिकले जम्मू–कश्मीरको यात्रा नगरुन् ।’
यता सुरक्षाबलले भने कुनै पनि सम्भावित खतराको सामना गर्न तयार रहेको बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।