प्रतिनिधिसभा बैठकको अवरोध हटाउन दलहरुबीच छलफल जारी

 साउन २०, २०७६ सोमबार १२:४३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  – प्रतिनिधिसभा बैठकको अवरोध हटाउन सभामुख कृष्णबहादुर महराले दलहरुबीच छलफल जारी राख्नुभएको छ । 

दलहरुबीच छलफल जारी रहेको र सहमति भइनसकेकाले सोमबार बिहान ११ बजेका लागि तय भएको बैठक स्थगित गरिएको छ ।  विपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले असार २४ गतेदेखि संसद बैठक निरन्तर अवरुद्ध गर्दै आएपछि बैठकको अवरोध हटाउन दलहरुबीच छलफल चलिरहेको हो । 

बैठक संचालन गर्ने विषयमा दलहरुबीच छलफल जारी रहेको र सोमबार नै सहमति हुन सक्ने देखिएकाले बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । विपक्षी दल नेपाली कांग्रेस र राष्टिय जनता पार्टी नेपालले सर्लाही घटनामा संसदीय छानविन समिति गठन गर्न माग गर्दै संसद अवरोध गर्दै आएका हुन् । 

सर्लाहीमा गएको असार ५ गते नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज मारिएका थिए । यस्तै, सर्लाहीमै १३ वर्षीय बालकको ज्यान गएपछि स्थानीयले गरेको विरोध प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर नारायणसिंह महतोको ज्यान गएको थियो ।

कांग्रेस र राजपाले यि दुवै घटनाको विरोध गर्दै संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आइरहेका छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया