न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डाै – पूर्व युवराज्ञी हिमानी शाहले सोमबार बिहान पशुपतिनाथको दर्शन गर्नु भएको छ । पूर्व युवराज्ञी शाहले साउने सोमबारको अवसर पारेर श्रावण २० गते बिहानै पशुपतिनाथको दर्शन गर्नु भएको हो
छोरी पूर्णिका र छोरा हृदयन्द्रका साथ पशुपतिनाथ पुग्नु भएका उहाँले करिब २० मिनेट मन्दिरभित्र पूजा आराधना गर्नु भएको थियो । साउने सोमबार व्रत बसे शिवजी प्रशन्न हुने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ ।
यसै अवसर पारेर पूर्व युवराज्ञी शाहले पनि पशुपतिनाथ मन्दिरको दर्शन गर्नु भएको थियो । दर्शनका क्रममा पूर्व युवराज्ञी शाहले छोरी पूर्णिका र छोरा हृदयन्द्रसहित फोटो खिच्ने भक्तजनहरुको इच्छालाई पनि पूरा गरिदिनु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।