मन्त्रालयको काम गर्न दिनुहोस्, आजदेखि भेटेर शुभकामना लिन सक्दिन : योगेश भट्टराई

 साउन २०, २०७६ सोमबार १३:२८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले सोमबारदेखि भेटेर शुभकामना नलिने बताउनुभएको छ ।

सोमबार एक विज्ञप्ति निकालेर मन्त्री भट्टराईले समर्थकहरुसँग भेटेर शुभकामना लिँदा मन्त्रालयको कामकाजमा असर परेको भन्दै भेटेर शुभकामना लिन असमर्थ रहेको जानकारी गराउनुभएको छ । 

मन्त्री भट्टराईले भन्नुभएको छ, ‘यहाँहरुले म प्रति प्रकट गर्नु भएको स्नेह एवम् शुभकामना मेरा लागि कार्यसम्पादन गर्ने ऊर्जाको रुपमा रहने विश्वास गरेको छु । मन्त्रालयको कार्यभार ग्रहण गरेसँगै कार्यव्यस्तताले गर्दा यहाँहरुको अपेक्षा अनुरुप समय उपलब्ध गराउन कठिनाइ भएकोमा आगामी दिनमा यहाँहरुका अमूल्य सुझाव र सल्लाहका लागि सम्पर्क गर्ने विश्वास दिलाउन चाहान्छु । साथै मन्त्रालयको कार्यव्यस्तताले गर्दा आजदेखि शुभकामना तथा बधाइका लागि समय उपलब्ध गराउन कठिनाइ हुने कुरा सविनय अनुरोध गर्दछु ।’

उहाँले आफ्ना समर्थक र नागरिकको विश्वास टुट्न नदिने र सल्लाह सुझाव लिएर अघि बढ्ने बताउनुभएको छ । साथै शुभकामना र बधाइ लिने क्रममा सार्वजनिक भएका केही तस्बिरको बारेमा अन्यथा नबुझ्न पनि मन्त्री भट्टराईले आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया