मधेसी आयोगद्वारा गोष्ठी र अनुशिक्षण कार्यक्रममा साढे ३ करोड बढी खर्च, डेढ कराेड फ्रिज

 साउन २०, २०७६ सोमबार १८:०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मधेसी आयोगले गोष्ठी र अनुशिक्षण कार्यक्रम सञ्चालनमा मात्रै साढे ३ करोड बढी खर्च गरेको छ । 

आयोगले सोमबार ललितपुरमा रहेको आफ्नै कार्यालयमा पत्रकार सम्मेलनमार्फत् आर्थिक वर्ष २०७५/७६ मा गरिएको कार्यक्रम बारे जानकारी दिँदै अनुशिक्षण र गोष्ठीका लागि ३ करोड ५६ लाख ८१ हजार १ सय ६८ रुपैयाँ खर्च भएको जनाएको हो । 

यो रकम आयोगले प्रदेश २ का ८ ओटा जिल्ला, प्रदेश १, प्रदेश ५ र प्रदेश ७ मा गोष्ठी तथा अनुशिक्षण कार्यक्रमका लागि खर्च गरेको हो । त्यसैगरी जनचेतनामूलक रेडियो जिंगल निर्माणमा र प्रसारणमा साढे ४ लाख बढी खर्च गरेको छ ।

५ करोड ९० लाख रुपैयाँ विनियोजन गरेको आयोगले १ करोड ५२ लाख १८ हजार ८ सय ३१ रुपैयाँ खर्च गर्न नसकेर फ्रिज भएको छ । 

विसं २०७५ कात्तिक २५ गते कार्यालय स्थापना भएको आयोगको अध्यक्षको रुपमा डाक्टर विजय कुमार दत्तले २०७५ चैत ७ गते पदभार सम्हाल्नुभएको थियो । आयोगमा ४ सदस्यको पद रिक्त छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया