राष्ट्र बैंकको निर्देशन : १५ लाख रुपैयाँसम्मको कृषि ऋण ७ दिनभित्र दिनू

 साउन २०, २०७६ सोमबार १८:३८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल राष्ट्र बैैंकले कृषि क्षेत्रको कर्जामा बैंक तथा वित्तीय संस्थालाई कडा निर्देशन दिएको छ ।

मौद्रिक नीतिमा भएको व्यवस्थाबमोजिम राष्ट्र बैंकले सोमबार सूचना निकालेर १५ लाख रुपैयाँसम्मको कृषि ऋण माग भएको ७ दिनभित्रै उपलब्ध गराउन क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । यदि ऋण दिन नमिल्ने भएमा के कारणले दिन नसकिएको हो ग्राहकलाई जानकारी दिन पनि बैंकले निर्देशन दिएको छ ।

यस्तै कृषि ऋण दिँदा मोटरबाटो नपुगेको क्षेत्रको घरजग्गालाई पनि धितोको रुपमा स्वीकार गर्नुपर्ने र कर्जा दिनु पहिले कुनै पनि प्रकारको शुल्क लिन नपाउने राष्ट्र बैंकले जनाएको छ । 

लघुवित्तले कृषिमा एकतिहाइ लगानी नगरे अधिकतम ब्याजसहितको हर्जना 

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई कृषिमा कूल कर्जाको एकतिहाइ कर्जा लगानी गर्नैपर्ने निर्देशन जारी गरेको छ । कूल कर्जाको एक तिहाइ कर्जा कृषि क्षेत्रमा लगानी गर्नुपर्ने र त्यसो नभएमा नपुग रकममा २०७७  सालको असार मसान्तदेखि लघुवित्त संस्थाले गणना अवधिमा कर्जामा लिने अधिकतम ब्याजदरले हुने रकम हर्जना तिराइने राष्ट्र बैंकले जनाएको छ । मौद्रिक नीतिले नै लघुवित्त संस्थाले एक तिहाइ कर्जा कृषिमा लगानी गर्नुपर्ने व्यवस्था गरिसकेको छ । 

यस्तै कृषि क्षेत्रमा दिएको कर्जाको मासिक विवरण १५ दिनभित्र राष्ट्रबैंकमा उपलब्ध गराउन पनि निर्देशन दिइएको छ । 

राष्ट्र बैंकले काठमाण्डौ उपत्यका, महानगरपालिका, उपमहानगरपालिका, र जिल्ला सदरमुकाम रहेका नगरपालिका तथा  गाउँपालिकामा शाखा खोल्दा स्वीकृति लिनु नपर्ने पनि जनाएको छ । 

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया