मध्यपहाडी लोकमार्गको गलकोट खण्डमा पहिरो, सवारी आवागमन ठप्प

 साउन २१, २०७६ मंगलबार १२:१२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

बागलुङ – मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकामदेखि गलकोट खरबाङ जोड्ने सडक अवरुद्ध भएको छ । मंगलबार बिहान ५ बजेको समयमा गल्कोट नगरपालिका–११ रिघा फेदीमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको हो । 

सडक अवरुद्ध भएपछि काठमाण्डौ बुटवल, पाल्पा, बागलुङ तिरबाट जाने र खर्वाङ तिरबाट आउने सवारी साधन बीचमै रोकिएका छन् । यात्रुहरु अलपत्र परेका छन् । 

सोमबार मात्रै अबिरल वर्षासँगै  बडीगाड खोलामा आएको बाढीले बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको दोसाँधमा रहेको तुरतुरे ताल फुटेपछि करिब २ सय मिटर मध्यपहाडी लोकमार्ग बगाएको थियो । 

लोकमार्ग भत्किएपछि जिल्लाको निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकाका नागरिक सिधा सवारी आवागमनबाट बञ्चित भएका छन् । 

तुरतुरे उता सडक अरुवद्ध भए पनि ग्वालीचौर, खरबाङ यताबाट भने सवारी सञ्चालन भएका छन् । तर मध्यपहाडीमा बीच बीचमा पहिरो खसेका कारण यात्रामा समस्या भएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले बताउनुभयो । 

उहाँले अवरुद्ध सडक तत्काल खुलाउने बारे पहल भइरहेको र मध्यपहाडी लोकमार्ग आयोजना र अन्य स्थानीय तह र जिल्ला प्रशासनसँग समन्वय गरिएको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया