महाशिवरात्रिका अवसरमा आएका साधु सन्तकाे बिदाइ
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डाै - धादिङकाे बेनिघाट राेराङ गाउँपालिका सलाङघाट नजिकै त्रिशूलीमा बस खस्दा ज्यान गुमाउनेहरुमध्ये आठ जनाको परिचय खुलेको छ ।
भारत सितामढी बस्ने वर्ष ३० को अजय ठाकुर, सर्लाहीका २५ वर्षका विजय कुर्मी, सर्लाहीको मलंगवा १ का सुनिल कुमार श्रीवास्तव र उनकी श्रीमती ३५ वर्षकी निमा श्रीवास्तव, मलंगवा नगरपालिका ६ का ५५ वर्षका जगरनाथ राय यादव, सर्लाहीको हरिवनका ४६ वर्षका बिनोदप्रसाद उप्रेती, महोत्तरीको बर्दिबास नगरपालिका ६ का २५ वर्षकी सरीताकुमारी महताे र उनका ६ वर्षका छोरा आशिषकुमार साह तथा भारतका अजय ठाकुर रहेको प्रहरीले जनाएको छ ।
शव फेला परेकामध्ये एक महिलाको परिचय भने खुल्न बाँकी रहेको धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले उज्यालोलाई जानकारी दिनुभयो ।
दुर्घटनामा परेर हराइरहेकाको शनिबार पनि दिनभर खोजी गरिएको थियो । धादिङ, गोरखा, चितवन र नवलपरासीका सम्भावित ठाउँमा सेना, प्रहरी, स्थानीय बासिन्दा र गोताखोर सहितको टोलीले दिनभर नै खोजी गरेपनि कसैलाई नभेटाएको एसपी बैदवारले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।