नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ सय ...
मंसिर १०, २०८१ सोमबार
यतिबेला पुरै विश्व प्लास्टिकको बढ्दो प्रयोगबाट निम्तिएको प्रदूषणले आहत छ । शहरमा होस् वा नदीनालामा प्लास्टिकको थुप्रो देखिन्छ ।
कुनै बेला निर्मल र कञ्चन पानी बग्ने हाम्रा नदीहरुमा प्लास्टिक जम्न थालेका छन् । प्लाास्टिकको बढ्दो प्रयोगले प्राकृतिक सुन्दरता समाप्त पार्ने मात्र काम होइन, कतिपय जीवजन्तुको ज्यान नै लिने काम भैरहेको छ ।
यस्तो वातावरणमा इन्डोनेसियाको सुरबाया शहरले प्लास्टिकको प्रयोगबाट हुने प्रदूषण कम गर्नका लागि उदाहरणीय कदम चालेको छ । यतिबेला सुरबाया शहरमा रहेको एउटा बसपार्कमा मानिसहरु प्लास्टिकका बोतल र डिस्पोज हुने खालका कप हातमा लिएर लाइन बसेको दृश्य देख्न सकिन्छ ।
मानिसहरु प्लास्टिकका यस्ता फोहोर दिएर बसको टिकट काटिरहेका छन् । यो सब इन्डोनेसियामा प्लास्टिकको प्रयोग कम गर्न भैरहेको छ । इन्डोनेसिया समुद्र फोहोर गर्ने कुरामा चीनपछि दोस्रो नम्बरमा आउँछ । इन्डोनेसियाले यस समस्याबाट छुटकारा पाउन समुद्रमा फ्याँकिने प्लास्टिकजन्य फोहोर सन् २०२५ सम्म ७० प्रतिशतसम्म कम गर्ने लक्ष्य लिएको छ ।
यो लक्ष्य प्राप्त गर्नका लागि इन्डोनेसियाले प्लास्टिकजन्य फोहोरहरु रिसाइक्लिङ गर्ने, मानिसहरुमा जनचेतना फैलाउने तथा प्लास्टिकका सामानको प्रयोगमा रोक लगाउनेसम्मका योजना अघि सारेको छ । हरेक हप्ता निःशुल्क यात्राका लागि १६ हजार यात्रीले प्लास्टिकका फोहोर दिएर बसको टिकट काट्ने गरेका छन् ।
इन्डोनेसियाली अधिकारीहरुका अनुसार बसमा एक घण्टासम्मको दूरीमा यात्रा गर्नका लागि तीन वटा ठूला बोतल, पाँच मध्यम खालका बोतल वा दश वटा प्लास्टिकका कप दिनुपर्छ । र ती बोतल सफा र नफुटेको भने हुनुपर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।