नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ सय ...
मंसिर १०, २०८१ सोमबार
उत्तर कोरियाले दक्षिण कोरियाको कदमलाई पूर्ण दोषी मान्दै आगामी दिनमा उससँगको वार्तालाई अस्वीकार गरेको छ ।
दक्षिण कोरियाका राष्ट्रपति मून जेई–इनले बिहीबार दिएको बयानपछि उत्तर कोरियाले भविष्यमा उससँग वार्ता गर्ने कुनै ठाउँ नै नरहेको बताएको हो ।
यसैबीच शुक्रबार बिहान उत्तर कोरियाले आफ्नो पूर्वी समुद्री तटमा दुई ओटा क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाका सेनाले भनेका छन् ।
एक महिनाभन्दा कम समयको अवधिमा यो उत्तर कोरियाको छैटौँ क्षेप्यास्त्र परीक्षण हो । ६ दिन अघि मात्र उत्तर कोरियाले दुई ओटा छोटो दुरीको क्षेप्यास्त्र जापानी समुद्रमा प्रक्षेपण गरेको थियो ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गएको जुनमा भएको एक बैठकमा परमाणु सम्झौता वार्ता फेरि सुरु सहमति भएसँगै परीक्षणको श्रृङ्खला सुरु भएको हो ।
उत्तर कोरियाले परमाणु हतियार विकासमा जोड दिएपछि उसले अन्तर्राष्ट्रिय प्रतिबन्धहरुको सामना गर्दै आइरहेको छ ।
दक्षिण कोरियाले के भनेको थियो ?
बिहीबारको भाषणमा दक्षिण कोरियाका राष्ट्रपति मून जेई–इनले जापानी शासनबाट कोरिया मुक्त भएको इंगित गर्दै सन् २०४५ सम्म दुई कोरियाली प्रायद्वीप एक हुने बताएका थिए ।
दोस्रो विश्व युद्धको अन्त्यमा कोरिया दुई भागमा बाँडिएको थियो ।
उत्तर कोरियाले आधिकारिक सञ्चारमाध्यममा प्रसारित बयानमा भनेको छ, ‘अमेरिकासँगको सैन्य अभ्यासपछि दक्षिण कोरियाले अब पनि वार्ता सम्भव छ भनेर नसोचे हुन्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।