भारतमा आमा–बुबा, पत्नी र छोरालाई बीच सडकमै गोली हानेपछि एक व्यक्तिले गरे आत्महत्या

 साउन ३१, २०७६ शुक्रबार २०:३०:३३ | एजेन्सी
unn.prixa.net

भारतकाे कर्नाटक राज्य चामराजनगर जिल्लामा रहेको गुन्डलुपेट नजिक एक जनाले आफ्ना पुरै पारिवारको हत्या गरेर आत्महत्या गरेका छन् । 

मैसुरुमा बस्ने ओम प्रकाशले घुम्नका लागि घरबाट टाढा निक्लिएका आफ्ना परिवारका चार जना सदस्यलाई गोली प्रहार गरिसकेपछि उनले आफैमाथि गोली चलाएका थिए । उनले पहिला आमा–बुबा, फेरि पत्नी र छोरालाई गोली हानिसकेपछि आफैँमाथि गोली हानेका हुन् । 

सबै जनाको मृत्यु घटनास्थलमा नै भएको प्रहरीले जनाएको छ । घटनाको सूचना पाउनेबित्तिकै प्रहरी घटनास्थलमा पुगेको र शवलाई पोस्टमर्टमका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीका अनुसार यो घटना ऊटी सडकको हो । ओम प्रकाशले आफ्नो पुरै पारिवारको लागि झण्डै ६० किलोमिटर टाढा गुन्डलुपेटेको नन्दी लजमा एउटा कोठा बुक गरेका थिए । उनको परिवार बिहीबार त्यहाँ पुगेको थियो । 

ओम प्रकाशले आफ्ना  बुवा, आमा, पत्नी र छोरालाई बाहिर निकालेर झण्डै एक किलोमिटर पर एउटा निजी स्कुलको नजिक पुर्याए‍पछि अचानक रिभल्भर निकालेर गोलीबारी सुरु गरेकाे बताइएकाे छ ।

बीच सडकमा भएको यो घटनालाई लिएर सबै जना त्रसित भएका छन् । चामराजनगरका प्रहरीले भने आर्थिक समस्या ऋणका कारण ती पुरुषले यस्ताे गरेकाे बताएकाे छ । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया